घण्टी बजेन
रवि लामिछानेको दाबी– डिपोजिट स्लिप आयो, तर खातामा १ करोड ८० लाख आएन

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा १ करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गरेका छन् ।
सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको उनले बताए । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर रविले आफ्नो खातामा पैसा जम्मा नभएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा उनले बैंकको पत्र पढेर सुनाएका थिए । बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले दाबी गरे । '१ करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दिनँ, तर घण्टी बजेन,' लामिछानेले भने ।
पत्रकार सम्मेलनमा उपस्थित रास्वपा नेता एवं पूर्व बैङ्कर अनिल केशरी शाहले रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताए ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १७:१५