राष्ट्रिय सभा निर्वाचनको ‘मौन अवधि’ सुरु

काठमाडौं— राष्ट्रिय सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधिं) लागू भएको भएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि लागुभएको हो । मौन अवधिमा आसन्न निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन ।
यो अवधिमा उमेदवारका पक्षविपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला, गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ ।
राष्ट्रिय सभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० ०६:३०