News Griha :: न्यूजगृह
जनताको आशालाई निराशामा परिणत नगरौँ : राष्ट्रपति [भिडिओ]
जनताको आशालाई निराशामा परिणत नगरौँ : राष्ट्रपति [भिडिओ] सोमबार माघेसङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको बताएका हुन् । 
राष्ट्रिय सभा निर्वाचन: उत्साहित छन् गठबन्धनका उम्मेदवार
राष्ट्रिय सभा निर्वाचन: उत्साहित छन् गठबन्धनका उम्मेदवार आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन साझा अपिल गरेपछि चुनावी माहोल तातेको छ । शनिबार बसेको  रमेश लेखक संयोजकत्वको...
माघ २ देखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू हुने, के-के गर्न पाइन्न?
माघ २ देखि राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू हुने, के-के गर्न पाइन्न? निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २ गतेदेखि आचारसंहिता लागू हुने बताए । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्न लागिएको हो ।
राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? 
राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ । आइतबार एक सूचना जारी आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले तीन लाख पचास हजार मात्र खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो । 
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताको अपिल
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताको अपिल सत्ता गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि नेताहरूले संयुक्त अपिल जारी गरेका हुन् । 
सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल हुने
सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल हुने सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्रबाटै सहमति खोजेर अघि बढ्न गठबन्धनको बैठक बोलाएका छन् । 
जसपाको महाधिवेशन जेठमा, माघ ३ गते मधेस र ५ गते बलिदान दिवस मनाउने निर्णय
जसपाको महाधिवेशन जेठमा, माघ ३ गते मधेस र ५ गते बलिदान दिवस मनाउने निर्णय शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेस दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णय पनि भएको छ ।
तीन शीर्ष नेतालाई राष्ट्रपतिले दिए तीन सुझाव
तीन शीर्ष नेतालाई राष्ट्रपतिले दिए तीन सुझाव राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतल निवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत
नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचन कार्यतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि पार्टीको अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष भएकी थिइन् । चौधरीलाई अध्यक्षको लागि रोशन थापा प्रस्ताव बस्दा सानु शाक्यले समर्थन गरेका थिए । 
राष्ट्रिय सभासँगै उपनिर्वाचनको चर्चा, इलाम-२ मा विशेष चासो, अनिल केशरीसम्म आकाङ्क्षी 
राष्ट्रिय सभासँगै उपनिर्वाचनको चर्चा, इलाम-२ मा विशेष चासो, अनिल केशरीसम्म आकाङ्क्षी  लामो समयदेखि एमालेका उम्मेदवार विजयी बनेको यो क्षेत्रमा अब के हुन्छ भन्ने आकलन गर्न गाह्रो छ । २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले कांग्रेसका डम्बर खड्का पराजित भएका थिए । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खड्का यस पटक पनि उम्मेदवारीको दौडमा छन् । तर गठबन्धनका नेताहरूबीचको छलफल र...
टीआरसी विधेयक पारित गर्न सहमति नजिक छौं, मैले गोल हान्छु : मन्त्री गुरुङ
टीआरसी विधेयक पारित गर्न सहमति नजिक छौं, मैले गोल हान्छु : मन्त्री गुरुङ बर्तौलाले ‘फकफकाइ गोल हान्न खोज्दै हुनुहुन्छ’ भनेर ठट्टाको शैलीमा भनेपछि मन्त्री गुरुङले जवाफ दिदै भने,‘अन्तिमसम्म प्रयास गरौँ । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’
आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै
आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
Weather Update