News Griha :: न्यूजगृह
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताको अपिल

काठमाडौं— सत्ता गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक पछि नेताहरूले संयुक्त अपिल जारी गरेका हुन् । 

संयुक्त अपिलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीअध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ । 

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएको भन्दै नेताहरूले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपिलमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:४७
Weather Update