जसपाको महाधिवेशन जेठमा, माघ ३ गते मधेस र ५ गते बलिदान दिवस मनाउने निर्णय

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा)ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने भएको छ ।
शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेस दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णय पनि भएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० १८:३४