News Griha :: न्यूजगृह
राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन, सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा 
राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन, सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ ।
सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्ड र देउवा सहमत
सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्ड र देउवा सहमत  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सहमत भएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला सोमबार राष्ट्रिय सभा सदस्य पदको मनोनयन दर्ता गर्न विराटनगर जाँदैछन् ।
यी हुन् माओवादीबाट राष्ट्रिय सभाका ६ उम्मेदवार 
यी हुन् माओवादीबाट राष्ट्रिय सभाका ६ उम्मेदवार  सोमबार उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रिय सभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो । माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, कर्णालीबाट विष्णु बिक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो ।
भारतीय दूतावासमार्फत सोझै २० करोड लगानी, घेराबन्दीमा प्रधानमन्त्री
भारतीय दूतावासमार्फत सोझै २० करोड लगानी, घेराबन्दीमा प्रधानमन्त्री  नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले विभिन्न सहमति र सम्झौता गरेर शुक्रबार स्वदेश फर्किए । फर्किनुअघि पशुपतिनाथ दर्शन गरी रुद्राक्षको बिरुवा रोप्दै आफ्नो स्मृति छाडेर बिदाई भए । उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर मात्र भएन नेपालको...
गठबन्धनले राष्ट्रिय सभाको सिट बाँडफाँट टुंग्यायो, एकीकृत समाजवादी असन्तुष्ट, कसलाई कति सिट?
गठबन्धनले राष्ट्रिय सभाको सिट बाँडफाँट टुंग्यायो, एकीकृत समाजवादी असन्तुष्ट, कसलाई कति सिट? नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको १९ सिटको बाँडफाँट टुंगिएको दाबी गरेका छन् । आइतबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले सिट बाँडफाँड टुंग्याएको दाबी उनको छ । बैठकपछि बालुवाटारमा पत्रकारहरूसँग उनले कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिटमा उम्मेदवारी दिने बताए । 
राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज 
राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार मतदाताहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली...
जसपा अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव- प्रदेश खारेज गरि पुनःसंरचना गरौँ
जसपा अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव- प्रदेश खारेज गरि पुनःसंरचना गरौँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको समावेशी मर्मअनुसार मुलुक अगाडि बढ्न नसकेकाले प्रदेश व्यवस्था पुनःसंरचना गर्नुपर्ने बताएका छन् । संघीय गणतन्त्र र धर्म निरपेक्षताका विरोधीहरू मैदान मै उत्रेर लागिपरेको अवस्था भएकाले सजग हुनुपर्ने पनि बताएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले संघीय प्रणालीले प्रादेशिक संघीय स्तरमा विविधतालाई...
सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने  
सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने   सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन् ।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने बताए । सिट बाँडफाँटको विषयमा शनिबार ४ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए ।  
कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो
कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै  
राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
एमालेमा ६ जना केन्द्रीय सदस्य मनोनीत
एमालेमा ६ जना केन्द्रीय सदस्य मनोनीत नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
भारतीय विदेशमन्त्री एस जयशङ्कर स्वदेश फिर्ता 
भारतीय विदेशमन्त्री एस जयशङ्कर स्वदेश फिर्ता  बिहीबार नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा काठमाडौं आइपुगेका जयशङ्करले बिहीबार नै उच्चस्तरीय  भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको थियो ।
Weather Update