News Griha :: न्यूजगृह
कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौं—  नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

आजका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन ।

एमालेले भने चुनाव हुन लागेका सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:३०
Weather Update