News Griha :: न्यूजगृह
देउवा एमालेसँग लचक हुँदा कांग्रेसमा ‘कोशी विद्रोह’को स्मरण
देउवा एमालेसँग लचक हुँदा कांग्रेसमा ‘कोशी विद्रोह’को स्मरण आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई भाग दिन नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लचक देखिएका छन् । तर इतर समूहका नेताहरू देउवाको लचकताप्रति रुष्ट छन् । इतर समूहका नेता डा. शेखर कोइराला एमालेलाई भाग दिन देउवा तयार भएपछि त्यसको विरोधमा छन् । कांग्रेस एक्लै लड्नुपर्नेमा शेखरको अडान...
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री प्रचण्डले भने- भारतीय दूतावासले आफूखुसी २० करोड खर्च गर्न पाउँदैन
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री प्रचण्डले भने- भारतीय दूतावासले आफूखुसी २० करोड खर्च गर्न पाउँदैन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम भारतले जसरी मन लाग्यो त्यसरी खर्च गर्न नपाउने बताएका हुन् ।
एमालेलाई सिट दिने विषयले सत्ता गठबन्धनमा खटपट
एमालेलाई सिट दिने विषयले सत्ता गठबन्धनमा खटपट राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिटको भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत सामेल गर्ने प्रस्तावले सत्तारुढ गठबन्धनमा खटपट पैदा भएको छ । गठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले भागबन्डाबारे छलफल गर्न बिहीबार साँझ बोलाइएको बैठक नै बहिष्कार गरेका छन् । 
कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार
कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बताए ।
राष्ट्रिय सभा सदस्य निर्वाचन: निर्वाचन अधिकृत फेरिए, को कहाँ ? [सूचीसहित]
राष्ट्रिय सभा सदस्य निर्वाचन: निर्वाचन अधिकृत फेरिए, को कहाँ ? [सूचीसहित] निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि आफ्नो पूर्व निर्णयहरू हेरफेर गरेको हो । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका गत पुस १२ गते आयोगले  सात वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको थियो...
एक महिनापछि स्वीकृत भयो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा
एक महिनापछि स्वीकृत भयो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा प्रधानमन्त्री दाहालले गजुरेललाई गत माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । प्रधानमन्त्री दाहालले आफ्नो सरसल्लाह र कुरा नसुनेको भन्दै गजुरेलले राजीनामा दिएको बताएका थिए । गजुरेल माओवादी केन्द्रका उपमहासचिव हुन् । 
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशङ्कर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभामा एमालेको ६ सिटमा दाबी, माधव नेपालको असहमति
राष्ट्रिय सभामा एमालेको ६ सिटमा दाबी, माधव नेपालको असहमति राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेले आफूलाई ६ सिट दिन प्रस्ताव गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए । 
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको भेट
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको भेट भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम  गर्न जरुरी रहेको...
भारतीय विदेशमन्त्री जयशङ्कर काठमाडौंमा, परराष्ट्रमन्त्रीद्धारा स्वागत
भारतीय विदेशमन्त्री जयशङ्कर काठमाडौंमा, परराष्ट्रमन्त्रीद्धारा स्वागत भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि भारतीय वायु सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विमानस्थलमा विदेशमन्त्री जयशङ्करलाई परराष्ट्रमन्त्री एनपी साउदसहित परराष्ट्रका अधिकारीहरूले स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशङ्करको यो दोस्रो नेपाल भ्रमण हो । 
प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै
प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त बैठक बिहीबार फेरि बस्दै छ ।बुधबार बेलुकाको छलफल टुङ्गोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
आज नेपाल आउँदै भारतीय विदेशमन्त्री एस जयशङ्कर, यस्तो छ दुई दिने भ्रमण तालिका
आज नेपाल आउँदै भारतीय विदेशमन्त्री एस जयशङ्कर, यस्तो छ दुई दिने भ्रमण तालिका भारतका विदेशमन्त्री एस जयशङ्कर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिनेछन् ।
Weather Update