News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिमचिम बढ्दै, के गर्लान् देउवा ?   
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिमचिम बढ्दै, के गर्लान् देउवा ?    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको सबैभन्दा ठूलो नेपाली कांग्रेसका नेताहरूसँग पटकपटक छलफल गरिसकेको भएपनि त्यसबारे सहमति भएको छैन । त्यसमाथि एमालेलाई समेत एक्लै नछोड्ने प्रधानमन्त्री दाहालको चाहनाले गठबन्धनमा सिट बाँडफाँट गर्न सकस परेको छ । 
भालेको डाकमै मेरो राजीनामा माग्नेहरू अन्तत: हारे : पर्यटनमन्त्री किराती
भालेको डाकमै मेरो राजीनामा माग्नेहरू अन्तत: हारे : पर्यटनमन्त्री किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूलाई विभिन्न आक्षेप लगाएर राजीनामा माग्नेहरू असफल भएको दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । केही दिनअघि क्रिसमसको कार्यक्रममा उनले दिएको अभिव्यक्तिको व्यापक विरोध भएको थियो ।
रूपान्तरण अभियानबारे माओवादीको समीक्षा जनतामा आशाको झिल्को देखियो
रूपान्तरण अभियानबारे माओवादीको समीक्षा जनतामा आशाको झिल्को देखियो मंगलबार पार्टीले आयोजना गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा सहित समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले टोल कमिटीदेखि संगठन सक्रिय र चलायमान भएको भन्दै अभियान सफल भएको बताएका हुन् । 
लोकतन्त्रको सवालमा शीर्ष नेताहरूको एउटै स्वर
लोकतन्त्रको सवालमा शीर्ष नेताहरूको एउटै स्वर कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीसहितका...
बालकुमारी घटनामा ओलीको प्रश्न– हुल भड्किरहेको बेला मन्त्री झण्डा हल्लाएर जानुपर्ने कारण के थियो?
बालकुमारी घटनामा ओलीको प्रश्न– हुल भड्किरहेको बेला मन्त्री झण्डा हल्लाएर जानुपर्ने कारण के थियो? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको बालकुमारी घटनामा झण्डा हल्लाएर हुल भड्काउन जाने मन्त्रीको गल्ती भएको बताएका छन् । राष्ट्रिय मेलमिलापको दिवसको सन्दर्भमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले मन्त्रीले भीड भड्काउने, प्रहरीले गोली बारूद चलाउने अनि दोष एमालेलाई लगाउने काम भइरहेको बताए ।
सांसदहरू पक्राउपछि सभामुखले गरे गृहमन्त्री र प्रहरी प्रमुखसँग सोधपुछ, लगत्तै रिहा
सांसदहरू पक्राउपछि सभामुखले गरे गृहमन्त्री र प्रहरी प्रमुखसँग सोधपुछ, लगत्तै रिहा सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागेका छन् । 
संसदीय समितिमा एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा
संसदीय समितिमा एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ । सोमबार बसेको समितिको बैठकमा नेकपा एमाले सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 
माइतीघरबाट सांसद सीके राउत पक्राउ
माइतीघरबाट सांसद सीके राउत पक्राउ जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेला धकेल समेत भएको थियो ।
यी हुन् कांग्रेस बैठकका ११ निर्णय 
यी हुन् कांग्रेस बैठकका ११ निर्णय  पुस १२ देखि १४ सम्म बसेको बैठकले समसामयिक विषय, राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षा बारे निर्णय लिएको छ । यस्तै सहकारीको समस्या, संघीयता कार्यान्वयन, समुदायमा कांग्रेस, भ्रातृ संस्थाको म्याद थप, संयन्त्र गठन, मेलमिलाप दिवस र जाजरकोट भूकम्पबारे पनि निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...
बालकुमारी घटना: उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
बालकुमारी घटना: उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।आज केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उक्त जानकारी दिएका हुन् ।
मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै कांग्रेस, विपक्षी दललाई पनि निम्तो
मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै कांग्रेस, विपक्षी दललाई पनि निम्तो नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै विपक्षी दलहरूलाई समेत निम्तो दिएको छ । शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यसवर्षको मेलमिलाप दिवस विशेष कार्यक्रम गरेर मनाउने र परम्परागत शैली भन्दा भिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको हो ।
कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने
कांग्रेसले राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने शनिबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्याएका, तर अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो । बैठकमा सदस्यहरूले पटकपटक अवसर पाएका नेताहरूले नै राष्ट्रिय सभामा दाबी गरिरहेको भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने विषय महत्वका साथ उठाएका थिए ।
Weather Update