![राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/pm-prachanda-1703592822.jpg)
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि [पूर्णपाठ] मंगलबार, पुस १०, २०८० प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

कार्यशैली बदल्छु, अत्यावश्यक बाहेकका कार्यक्रममा जाँदिन : प्रधानमन्त्री मंगलबार, पुस १०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् ।केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

सरकारको एक वर्ष : जनतामा जागेन आशा मंगलबार, पुस १०, २०८० सरकारको एक वर्षलाई सत्ता गठबन्धनकै साझेदार दलहरूले औसतमा लिएका छन् भने प्रतिपक्षले पनि सरकारको सतही विरोध गरेर सत्तामा आउने चाह बाहेक प्रतिपक्षी भूमिका निभाउनबाट चुकिरहेको छ । गत निर्वाचनमा मात्रै जनतामा आशाको सञ्चार गर्दै उदाएका दलहरू समेत संसदीय भूमिकामा दायित्व भन्दा सत्तालाई केन्द्रमा राखेर आगामी चुनावको प्रचारमा निस्किएका छन्, जुन...

अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ : प्रधानमन्त्री दाहाल मंगलबार, पुस १०, २०८० मंगलबार बिहान १३१ औँ माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताए । दाहाल प्रधानमन्त्री बनेको मंगलबार एक वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले बेलुका ५ बजे देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै मंगलबार, पुस १०, २०८० आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

तीन दलबीचको छलफल सकियो, के भयो सहमति? सोमबार, पुस ९, २०८० बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेताहरूले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । माओवादी सशस्त्र युद्धमा समयमा भएका घटनाहरूको सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गरी शान्ति प्रक्रियाको काम टुंगो लगाउने भन्दै सरकारले प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐनको संशोधन विधेयक दर्ता गरेको छ ।

सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा बालुवाटारमा तीन दलको बैठक सोमबार, पुस ९, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको छलफल शुरु भएको छ ।सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल गर्न लगातार दोस्रो दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने सोमबार, पुस ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भोलि मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

के सुन तस्करको संरक्षक गृहमन्त्री हुन्? सोमबार, पुस ९, २०८० नारायणगढमा सोमबार बिहान रास्वपा सभापति रवि लामिछानले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कडा आलोचना गरे ।आलोचना मात्र गरेनन् लामिछानेले श्रेष्ठमाथि केही गम्भीर आरोप पनि लगाएका छन्। पत्रकारहरूसँग लामिछानेले गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको दाबी गरे ।

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँड गर्न सत्ता गठबन्धनमा सकस सोमबार, पुस ९, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनलाई भागबन्डा मिलाउन कठिन हुने देखिएको छ । एकातिर गठबन्धनकै प्रमुख दलहरूको बढी सिट लिने रणनीति र अर्कोतिर प्रतिपक्षी गठबन्धन बनाउने प्रतिपक्षी दलको घोषणाका कारण गठबन्धनमा सिट बाँडफाँड पेचिलो बन्न सक्ने देखिएको छ ।

एमाले सांसद कोइरीको निलम्बन फुकुवा आइतबार, पुस ८, २०८० संघीय संसद् सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ । सांसद कोइरीमाथि मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका थिए ।अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र १ बाट चुनाव जितेका थिए ।

उद्योगहरू अप्ठ्यारोमा परेका बेला सरकारले विद्युत लाइन काटेको भन्दै ओलीको असन्तुष्टि आइतबार, पुस ८, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरू आफै बन्द भइरहेको अवस्थामा विद्युत लाइन काटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्यमी व्यवसायीहरू तड्पिरहेको अवस्थामा सरकारले विद्युत कटौतीको काम गर्न नहुने भन्दै सम्झौता बमोजिम काम गर्न आग्रह गरे ।