प्रहरी हत्या आरोपमा सफाइ पाएका सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदनआइतबार, पुस ८, २०८०

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज आइतबार, पुस ८, २०८० प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ३ बजे हुने जानकारी दिएको छ। शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ जना पुगेको छ।

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता आइतबार, पुस ८, २०८० आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो । सो भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकसमेत सहभागि थिए ।

सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले 'विशेष घोषणा' गर्ने शनिबार, पुस ७, २०८० छन् । प्रचण्ड गत वर्षको पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । आगामी मंगलबार उनी प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताका नाममा सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, थपिए दुई मन्त्री शनिबार, पुस ७, २०८० लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसबाट सरोज थापा र नेकपा माओवादीबाट सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए ।

रवि लामिछानेले खोया प्रहार गर्ने युवक र उनको परिवारलाई भेट्ने शनिबार, पुस ७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंहचोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् ।

पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, २८ वर्षीय युवक पक्राउ शनिबार, पुस ७, २०८० पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा भएको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको सहभागीहरूले बताएका छन् ।

कोशी प्रदेश नामाकरणको विवाद चाँडै समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, पुस ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामाकरणको विवाद सकारात्मक ढंगले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभामा उनले कोशी प्रदेशको नामाकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने बताए ।

एमाले अध्यक्ष ओलीले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने शुक्रबार, पुस ६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने 'मुड'मा प्रधानमन्त्री प्रचण्ड शुक्रबार, पुस ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको उल्लेख गर्दै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका हुन् ।

देउवाले भने– पार्टीभित्र अन्तर्घातको ठूलो रोग छ बिहीबार, पुस ५, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको बताएका छन् ।पार्टीको मधेस प्रदेश समितिको पहिलो सम्मेलनलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उनले कांग्रेसलाई अन्तर्घातको रोगबाट जोगाएर बहुमत पार्टीका रुपमा स्थापित गर्न आग्रह गरे ।

माओवादीको विधान सम्मेलन फागुनमा बिहीबार, पुस ५, २०८० पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो बिहीबार, पुस ५, २०८० आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक/एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।