News Griha :: न्यूजगृह
माओवादीको विधान सम्मेलन फागुनमा

काठमाडौं— नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।

स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।
 
बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय साह र सुरेन्द्र कार्की छन् ।

समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गर्नेछ ।
 
बैठकले यही पुस १६ गते सबै स्थानीय तहमा जनपरिचालन गरेर पार्टी रूपान्तरण अभियानको समापन गर्ने निर्णय गरेको सचिव साहले बताए । माओवादीले गत भदौ १६ गतेदेखि रूपान्तरण अभियान सञ्चालन गरेको थियो ।

बैठकले रूपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:४९
Weather Update