नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठक सकियो, के भयो छलफल?बिहीबार, पुस ५, २०८०

कांग्रेसमा जुँगाको लडाइ : एकअर्कालाई नेता नै मान्दैनन् कोइराला र खड्का बिहीबार, पुस ५, २०८० नेपाली कांग्रेसमा निरन्तर रहेको वरियता विवाद यतिबेला छताछुल्ल भएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबीच एक अर्कामा को वरिष्ठ र को कनिष्ठ भन्ने आधारमा एकले अर्कालाई अस्वीकार गर्ने जुँगाको लडाइ चलेको छ । महाधिवेशन सम्पन्न भएलगत्तै केन्द्रीय कार्यसमिति बैठकबाटै सुरु भएको त्यस्तो विवाद अहिले आएर छताछुल्ल बनेको हो ।

राज्यव्यवस्था समितिमा रवि लामिछानेको प्रश्न : फास्ट ट्रयाक हो की कछुवा ट्रयाक? बुधबार, पुस ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं तराई जोड्न निर्माणधीन फास्ट ट्रयाकलाई चिप्लेकिरा, कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तरगतको राज्यव्यवस्था समितिको बैठकमा उनले ७४ सालमा सेनाले जिम्मा लिएको फास्ट ट्रयाकको भौतिक र वित्तिय प्रगति एक चौथाइ मात्र भएको भन्दै फास्ट ट्रयाकलाई चिप्लेकिरा...

२ हजार ४७ मतदाताले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने, कूल मतभार ५७ हजार ५५९ बुधबार, पुस ४, २०८० आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राज्यव्यवस्था समितिमा प्रधानमन्त्री : ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’ मंगलबार, पुस ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना छोरीहरूको आलोचनालाई व्यवस्थामाथि कै हमला भएको अर्थ लगाएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे ।

जब रवि लामिछानेले प्रधानमन्त्रीलाई माओवादीको घोषणापत्र सम्झाए... मंगलबार, पुस ३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नै घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले २०७९ सालको आम निर्वाचनमा प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रको घोषणापत्रमा गरेको प्रतिबद्धता पूरा गर्न के कुराले...

राप्रपाको कार्यक्रममा शाकाहारी खाना मात्रै खुवाइने, हिन्दुराष्ट्र पुनर्स्थापनामा बल पुग्ने तर्क मंगलबार, पुस ३, २०८० पार्टीका कार्यक्रममा अबदेखि माछामासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन् । ‘राप्रपा नेता, कार्यकर्ताले घरमा त खान मन लागे ननभेज खान पाइहाल्छन्, पार्टीका कार्यक्रममा मात्रै शाकाहारी भोजन गराउन लागिएको हो,’...

प्रचण्डको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्दै, देशवासीका नाममा विशेष सम्बोधन गर्ने मंगलबार, पुस ३, २०८० सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज, प्रधानमन्त्री निवासमा बस्ने मंगलबार, पुस ३, २०८० नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको छ।बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन बुधबार सोमबार, पुस २, २०८० सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरूको नाम अनुमोदनका लागि बुधबार अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।
-1702885097.jpeg)
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री सोमबार, पुस २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।सोमबार ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताएका हुन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह सोमबार, पुस २, २०८० उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानुनी अड्चन हटाउन प्रधानमन्त्री दाहाललाई आग्रह पनि गरे। काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरू भएको भन्दै काठमाडौं, ललितपुरसँगै उपत्यकाकै विकास एकैसाथ हुनुपर्नेमा उनले जोड दिए ।

समीक्षा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूबीच नै आरोप-प्रत्यारोप, कर्मचारीहरू ट्वाँ सोमबार, पुस २, २०८० बैठकमा सबै मन्त्रालयहरूको चालु आर्थिक वर्षको तीन महिनाको प्रगति रिपोर्ट प्रस्तुत भएको थियो । मन्त्रीहरूको रिपोर्टकार्ड कमजोर देखिएपछि प्रधानमन्त्री दाहाल कर्मचारीकै अगाडि मन्त्रीहरूमाथि खनिएका थिए । प्रधानमन्त्रीका सल्लाहकार र सत्तारुढ दलकै कतिपय नेता र सांसदहरुले समेत सरकारले जनताको अपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाइरहेका बेला मन्त्रीहरूको त्रैमासिक रिपोर्ट कार्डले समेत...