News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताएका हुन् ।

‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ,’ उनले भने,  ‘यसका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक छ।’ 

उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवर्द्धनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रशंसा गरे । 

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहहरूको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए ।

यसअघि कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले सहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:२३
Weather Update