कोशीका मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास मंगलबार, मंसिर २६, २०८०

कतारका प्रधानमन्त्रीले भने– विपिन जोशीको रिहाइमा चाँडै सकारात्मक परिणाम आउन सक्छ सोमबार, मंसिर २५, २०८० कतारले प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएको छ । जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको प्रधानमन्त्रीले शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताएका हुन् ।

रुसी सेनामा २ सय नेपाली रहेछन्, युक्रेनी सेनामा पनि भेटिए : प्रधानमन्त्री प्रचण्ड सोमबार, मंसिर २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा कम्तीमा पनि २ सयजना भन्दा नेपाली कार्यरत रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले युक्रेनविरुद्ध युद्ध लडिरहेको रुसी सेनामा २ सय भन्दा धेरै नेपाली रहेको तथ्यांक पाइएको उल्लेख गरे ।

प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा आइतबार, मंसिर २४, २०८० तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन् । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक आइतबार, मंसिर २४, २०८० कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बैठक बस्ने स्थानबारे टुंगो लागिसकेको छैन । बैठकमा आफू पक्षीय केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रिय सभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको छ ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मंसिर २९ गते आइतबार, मंसिर २४, २०८० प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरूले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ मा मात्र हुने प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउने प्रधानमन्त्रीको आश्वासन आइतबार, मंसिर २४, २०८० उनले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय मानव अधिकारको ७५ औं दिवस मनाइरहँदा हामीलाई जलवायु परिवर्तन, दिगो विकास, प्राकृतिक विपद्हरू, आर्थिक तथा सामाजिक अधिकारहरूको संरक्षण र प्रबर्द्धन गर्ने रणनीति विकास गरी कार्यान्वयनमा एकजुट हुन सन्देश दिएको बताएका छन् ।

महन्थ ठाकुरसँग राजेन्द्र महतो आक्रोशित, केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार आइतबार, मंसिर २४, २०८० आइतबार बस्न लागको लोसपाको केन्द्रीय कार्य समितिको बैठकमा महतोले सहभागी नहुने भएका हुन् । आज बस्ने बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल हुनेछ ।

प्रधानमन्त्री दाहाल र मधेस सरकारका प्रतिनिधिबीच छलफल आइतबार, मंसिर २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्था बमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सभापति देउवाको नेतृत्व क्षमतामाथि कोइरालाको प्रश्न शनिबार, मंसिर २३, २०८० निर्वाचन अघि देखि नै माओवादीसँगको सहकार्यप्रति असन्तुष्टि जनाउँदै आएका नेता कोइरालाले यस्तो सहकार्य कांग्रेसलाई हानिकारक रहेको निष्कर्ष निकालेका छन् । कोइरालाको धारणा छ, कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गरिरहने हो भने कांग्रेस जनतासँग टाढिँदै जाने छ र त्यसले लोकतन्त्रमै नकारात्मक असर पर्नेछ ।

सबैभन्दा ठूला मिटरब्याजी बैंक हुन् : शेखर कोइराला शनिबार, मंसिर २३, २०८० काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा उनले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरू भएको बताए । उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए ।’

प्रसाईं समूहले एमालेको अभियानलाई अवरोध नगर्ने, पहिचान पक्षधरले के गर्ला?, यस्तो छ सुरक्षा विश्लेषण शनिबार, मंसिर २३, २०८० नेकपा एमालेको महाकाली–मेची अभियानमा दुर्गा प्रसाईं नेतृत्वको समूहले कुनै अवरोध नगर्ने भएको छ । प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले एमालेलाई आफ्नो पूर्वनिर्धारित कार्यक्रम गर्न कुनै अवरोध वा हस्तक्षेपजन्य गतिविधि नगर्ने नीति लिएको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले बताए ।

अहिले देखिएको आक्रोश व्यवस्थाप्रति होइन, हामीप्रति हो : कोइराला शुक्रबार, मंसिर २२, २०८० नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोश व्यवस्थाप्रति नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरूको गतिविधिका कारण आक्रोश पैदा भएको बताए ।