News Griha :: न्यूजगृह
अहिले देखिएको आक्रोश व्यवस्थाप्रति होइन, हामीप्रति हो : कोइराला

काठमाडौं— नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोश व्यवस्थाप्रति नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरूको गतिविधिका कारण आक्रोश पैदा भएको बताए ।

उनले भने, ‘युवाहरू निरास भएको अवस्था छ । देशमा देखिएको आक्रोश व्यवस्था प्रति होइन, हाम्रै क्रियाकलापका कारण जन्मिएको हो । जुन गलत कामहरू भइरहेका छन्, त्यसप्रतिको आक्रोश हो । यसलाई नेपाली काङ्ग्रेस मात्रै होइन, सबै राजनीतिक दलले समयमै बुझेर नियन्त्रण गर्न सके व्यवस्थालाई कुनै असर गर्दैन ।’

त्यसका आफ्नो व्यवहार, आचरणलाई परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । ‘देशमा व्याप्त भ्रष्टाचारलाई अन्त्य नगरेसम्म सुशासन ल्याउन सक्दैनौ,’ नेता कोइरालाले भने ।

निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्ने तर प्रिइलेक्सन गर्ने हो कि पोस्ट इलेक्सन (चुनावअघि वा चुनावपछि) गर्ने भन्नेमा गम्भीर भएर सोच्न जरुरी रहेको उनले औंल्याए ।

देश परिवर्तन गर्नु छ भने, नेपाली काङ्ग्रेसलाई परिवर्तन गर्दै जानुपर्नेमा जोड दिँदै कोइरालाले भने, ‘यसो गर्न सक्यो भने मात्रै देश परिवर्तन हुन्छ ।’ 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:०७
Weather Update