शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । कोइरालाले आगामी मंगलबार दिउँसोका लागि आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन् ।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बैठक बस्ने स्थानबारे टुंगो लागिसकेको छैन । बैठकमा आफू पक्षीय केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रिय सभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको छ ।
बैठकमा आसन्न महासमिति, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ । कांग्रेसले आगामी मंसिर १६–१९का लागि महासमिति बैठक तय गरेको छ । यस्तै आगामी माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १७:४७