News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास 

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार भएको छ ।

मंगलबार झापाको दमकमा कार्की सवार गाडीमा पहिचान पक्षधरले ढुंगा प्रहार गरेका हुन् । मंगलबार दमक नगरपालिकाले आयोजना गरेको लागूऔषध सम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो ।

आन्दोलनरत पहिचान पक्षधरले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरेले अहिले अवस्था सामान्य भएको बताएका छन् ।  

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:२८
Weather Update