प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाईशुक्रबार, मंसिर २२, २०८०

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल बिहीबार, मंसिर २१, २०८० मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताए । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उनको भनाइ थियो ।

एनसेल खरिदबिक्री प्रकरण छानबिन गर्न समिति गठन बिहीबार, मंसिर २१, २०८० पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता बिहीबार, मंसिर २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् ।

शीर्ष नेताबीच भेटवार्ता, के भयो छलफल ? बिहीबार, मंसिर २१, २०८० नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको हो ।

सडक संघर्ष गर्ने तयारीमा राप्रपा बुधबार, मंसिर २०, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनजिविका, राष्ट्रियता र आफ्ना मूल मुद्दालाई लिएर सडक संघर्ष गर्ने तयारीमा जुटेको छ । अबको केही दिनमा जनजिविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर सडक सङ्घर्षमा आउने कार्यक्रमको तयारीमा रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

एनसेलको शेयर खरिदबिक्रिमा अनियमितता भएको भन्दै रास्वपाको ध्यानाकर्षण बुधबार, मंसिर २०, २०८० रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा आजियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।

रास्वपा उपाध्यक्ष अर्यालले बोलाए सचिवालय बैठक, थपिएका केन्द्रीय सदस्यको शपथ पनि आजै बुधबार, मंसिर २०, २०८० सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै प्रदेशमा प्रशिक्षण, अन्तरक्रिया गर्ने तयारी गरेको छ । त्यसमा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको रास्वपाले बताएको छ ।

सत्तारुढ गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद छ, सरकारले छानविन गर्नुपर्छ मंगलबार, मंसिर १९, २०८० सत्तारुढ गठबन्धनले एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै, एजेण्डा एनसेलको शेयर बिक्री मंगलबार, मंसिर १९, २०८० पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन मंगलबार महोत्तरी पुगेका उनले मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

न्यून पारिश्रमिकका लागि समेत देश छोड्नु पर्ने बाध्यता दुखद : अध्यक्ष तिमिल्सिना मंगलबार, मंसिर १९, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले न्यून पारिश्रमिकका लागि समेत देश छोड्नु पर्ने बाध्यता हटाउन सरकारलाई आग्रह गरेका छन । मंगलबार बालक्लबका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले नेपालीहरूले न्यूनतम पारिश्रमिकका लागि विदेश गएर तल्लो स्तरको श्रम गर्न बाध्य अवस्थाको अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन । नागरिक देशमै बस्ने...

एकीकृत समाजवादीले सार्यो महाधिवेशन, आगामी जेठमा हुने मंगलबार, मंसिर १९, २०८० पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । मदनआश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरु हुनेछ। महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो।

केपी ओलीलाई ९ वर्षीय बालकको चिठी : रोजगारीका लागि विदेश जानु नपरोस् मंगलबार, मंसिर १९, २०८० नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक ९ वर्षीय बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् ।झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् ।...