News Griha :: न्यूजगृह
सत्ता गठबन्धनको बैठक बस्दै, एजेण्डा एनसेलको शेयर बिक्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन मंगलबार महोत्तरी पुगेका उनले मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकका लागि प्रधानमन्त्री काठमाडौं फर्कँदै छन् । प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना भएको सम्बन्धमा प्रकाशित समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।   

उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १७:३२
Weather Update