News Griha :: न्यूजगृह
एनसेल खरिदबिक्री प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौं— एनसेलको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ ।

पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् । यो समितिलाई प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो ।   

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:०८
Weather Update