News Griha :: न्यूजगृह
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रक्षामन्त्री खड्का 
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रक्षामन्त्री खड्का  राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।
यस्तो छ रास्वपाको राजनीतिक धार
यस्तो छ रास्वपाको राजनीतिक धार रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गरेको छ । सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा उल्लेख छ ।    
दिवंगत एमाले नेता भरतमोहन अधिकारीकी छोरी रास्वपाको कोषाध्यक्ष
दिवंगत एमाले नेता भरतमोहन अधिकारीकी छोरी रास्वपाको कोषाध्यक्ष बुधबार सम्पन्न पार्टीको बैठकले एमालेका दिवंगत नेता अधिकारीकी छोरी लीमालाई कोषाध्यक्ष बनाएको हो । गत वर्ष फागुनमा रास्वपा प्रवेश गरेकी लिमा यसअघि रास्वपाको केन्द्रीय सदस्य थिइन् ।
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन, सहमहामन्त्रीमा सुमना श्रेष्ठ
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन, सहमहामन्त्रीमा सुमना श्रेष्ठ संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ ।  पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो ।  पार्टी उपसभापति डीपी अर्यालले केन्द्रीय कार्यसमिति बाहिर रहेका पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय समितिमा ल्याउने निर्णय भएको जानकारी दिए । 
भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय 
भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय  सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय भएको हो ।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । २०७४ सालमा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसदको कार्यकाल सकिँदै छ ।
सभापति निवासमा कांग्रेसका पूर्व र वर्तमान पदाधिकारीको बैठक बस्दै
सभापति निवासमा कांग्रेसका पूर्व र वर्तमान पदाधिकारीको बैठक बस्दै बुधबार दिउँसो १ बजे आफ्नै निवासमा बस्ने बैठकमा सभापति देउवाले वर्तमान र पूर्व पदाधिकारीहरूसँग राष्ट्रिय राजनीतिको ताजा अवस्थाका बारेमा छलफल गर्नेभएका हुन् । गणतन्त्रको विकल्प खोज्दै विरोध प्रदर्शन भएका सन्दर्भमा सभापति देउवाले गणतन्त्रको विकल्प नरहेको बताउँदै राजसंस्था पुनर्स्थापनाको सम्भावना छैन भनेर चितवनमा भनिसकेका छन् ।
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाने
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् । सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ ।
प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन गृहमन्त्रीलाई सातै प्रदेशको ध्यानाकर्षण
प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन गृहमन्त्रीलाई सातै प्रदेशको ध्यानाकर्षण भेटघाटमा आन्तरिक मामिला मन्त्रीहरू बागमतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्णबहादुर जीसी र सुदूरपश्चिममा शिवराज भट्ट सहभागी थिए । यस्तै गण्डकीकी ऊर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए ।
स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै
स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डीपी अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाका एक नेताले बताए ।
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीको बैठक
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बुधबार दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ ।
Weather Update