ओलीले गरे प्रधानमन्त्री प्रचण्डको कार्यालय अवलोकनमंगलबार, मंसिर १२, २०८०

प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा, प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्दै मंगलबार, मंसिर १२, २०८० उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषय टुंग्याउन ध्यानाकर्षण गराउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई २ बजे र गृहमन्त्री श्रेष्ठलाई साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले बताए ।

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा सोमबार, मंसिर ११, २०८० नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा सोमबार आयोजित एक कार्यक्रममा सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताएका हुन् ।

प्रधानमन्त्री बुधबार यूएई जाने सोमबार, मंसिर ११, २०८० जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ ।

चितवन पुगेर बोले देउवा, भने— गणतन्त्रको विकल्प छैन सोमबार, मंसिर ११, २०८० वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, ‘थाहा पाइहाल्नु हुन्छ नी ।’

नयाँ रोडम्याप बनाउन रास्वपाको केन्द्रीय समितिको बैठक जलेश्वरमा सोमबार, मंसिर ११, २०८० आजबाट महोत्तरीको जलेश्वरमा सुरु हुने केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीको विभिन्न विभागका प्रतिवेदनहरूमाथि छलफल गर्ने छ । राजनीतिक, आर्थिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र संगठन विभागका प्रतिवेदन छलफलका एजेण्डा रहेको महासचिव मुकुल ढकालले जानकारी दिएका छन् ।

आईएनजीओको सहयोगमा राष्ट्रिय सभा अध्यक्षसहित सातै प्रदेशका सभामुख–उपसभामुख अष्ट्रेलिया उडे सोमबार, मंसिर ११, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया गएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल गएराति अष्ट्रेलिया उडेको हो ।

योगेश भट्टराई सवार गाडी तोडफोड आइतबार, मंसिर १०, २०८० नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका- ४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।

सरकार प्राथमिकता होइन तर अप्ठ्यारो परे सहभागी हुन सकिन्छ : रवि लामिछाने शनिबार, मंसिर ९, २०८० रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीसँग उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मुलुकलाई ज्यादै अप्ठ्यारो पर्यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्ने उनले बताए ।

राजावादीहरूको आवाज मत्थर पार्न सरकारले के गर्नुपर्ला? शनिबार, मंसिर ९, २०८० नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजावादी शक्तिहरूको गणतन्त्रविरुद्धमा आएको राजतन्त्र पुनःस्थापनाको आवाजलाई मत्थर गर्न कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु पर्ने माग राखेको छ ।

झापामा आज राजावादीको शक्ति प्रदर्शन, ३० हजार समर्थक उतार्ने दाबी शनिबार, मंसिर ९, २०८० कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।

अष्ट्रेलिया गइन् काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोल शुक्रबार, मंसिर ८, २०८० शुक्रबार उपप्रमुख डंगोल अष्ट्रेलिया भ्रमणका लागि गएकी हुन् । भ्रमणमा अष्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकन लगायत स्थानको अवलोकन गर्ने महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।

राजतन्त्र फर्काउँछौ भन्नु मुर्खता हो : एमाले अध्यक्ष ओली शुक्रबार, मंसिर ८, २०८० राजसंस्थालाई ‘प्रेत’ भनेर व्यंग्य गरेका उनले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नु मुर्खता भएको बताएका छन् । एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले राजसंस्थालाई व्यंग्य गर्दै ‘पछाडि नलीखुट्टाको हड्डी फुकेर केही व्यक्ति राजतन्त्र फर्काउँछु भनेर हिँडिरहेको’ बताए ।