News Griha :: न्यूजगृह
ओलीले गरे प्रधानमन्त्री प्रचण्डको कार्यालय अवलोकन

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् ।

२०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो । आफ्नो पालामा नयाँ डिजाइनसहित पुनर्निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले प्रचण्डसँगै अवलोकन गरेका हुन् ।

मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका ओलीलाई प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराए ।

ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन भने प्रचण्डले गरेका थिए । अहिले प्रधानमन्त्री कार्यालय त्यहीँबाट सञ्चालन भइरहेको छ । ओलीलाई मुख्य सचिव बैकुण्ठ अर्यालले ब्रिफिङ गरेका थिए ।

prachanda-oli-meeting-1701165865.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:४५
Weather Update