
काठमाडौं— नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजावादी शक्तिहरूको गणतन्त्रविरुद्धमा आएको राजतन्त्र पुनःस्थापनाको आवाजलाई मत्थर गर्न कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु पर्ने माग राखेको छ ।
शनिबार संवाद डबलीमा गरिएको पत्रकार सम्मेलनमा गणतान्त्रिक व्यवस्था भनिए पनि विदेशीले खेल्न सक्ने संसदिय व्यवस्थाको कारण प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको वक्ताहरूले आरोप लगाएका छन् ।
मञ्चका संयोजक टीएस तामाङले पत्रकार सम्मेलनमा हजारौँको बलिदानबाट प्राप्त अहिलेको गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्नुको मुख्य दोषी मुख्य दलहरू नै भएको आरोप लाएका छन् ।
यो पनि पढ्नुहोस
ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपति सरहको सुविधा दिँदै सरकार
पछिल्लो समयमा दुर्गा प्रसाईँ लगायतका व्यक्तिहरूले जनजिविकाको मुद्दाको फेरोमा असान्दर्भिक राजतन्त्रको पुनःस्थापनाको आवज गलतभएको ठहर गरेका छन् ।
तामाङले प्रसाईँले उठाएका राजतन्त्रको मुद्दा बाहेकका जनपक्षीय मुद्दामा आफूहरूको ऐक्यबद्धता रहेकोसमेत जानकारी दिएका छन् । दुर्गा प्रसाईँको सङ्घर्षमा सरकारी दमन गलत भएको बताउँदै भने, 'लोकतान्त्रीक संघीय गणतन्त्रको मूल्यमान्यता विपरित प्रशासनको प्रसाईँ समर्थकमाथि धरपकड र आन्दोलनमाथिको हस्तक्षेप निन्दनीय छ, त्यस किसिमका कार्य तत्काल रोकियोस् ।'
मञ्चका प्रमुख संरक्षक तेज पुडासैनीले गणतन्त्रको लागि लड्नेहरू नै अहिले सोही व्यवस्थाको चुनौतीका कारक भएकाले उनीहरूविरुद्ध नयाँ अभियान सुरु गरेको बताए ।