पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा आन्दोलन घोषणामंगलबार, मंसिर १९, २०८०

तोसिमा कार्कीको प्रस्टीकरण— पार्टी फुट्दैन, कल्पना पनि नगर्नुहोस् मंगलबार, मंसिर १९, २०८० केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन ?’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । धेरैले उनको यो स्ट्याटस पार्टीको निर्णयप्रति लक्षित रहेको अनुमान गरेका थिए ।

एनसेलको शेयर बिक्री बारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, मंसिर १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीको विषयमा अध्ययन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न सोमबार निर्देशन दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको...

काठमाडौं अदालतले जारी गर्यो विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी सोमबार, मंसिर १८, २०८० सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, महाधिवेशन सार्ने तयारी सोमबार, मंसिर १८, २०८० काठमाडौंमा गर्ने भनिएको पहिलो महाधिवेशन राष्ट्रिय सभाको निर्वाचनको कारण धकेलिने सम्भावना देखिएको छ । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ। फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यसका...

प्रधानमन्त्रीको स्पष्टोक्ति- ३१ यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ आइतबार, मंसिर १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एअरलाइन्सको जहाजबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २...

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए आइतबार, मंसिर १७, २०८० उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते आइतबार, मंसिर १७, २०८० मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।

कोशीका मन्त्रीहरूको जिम्मेवारी बाडँफाँड, माओवादीलाई पर्यटन, एकीकृत समाजवादीलाई भौतिक आइतबार, मंसिर १७, २०८० आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने आइतबार, मंसिर १७, २०८० जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार साँझ स्वदेश फर्किने भएका छन् ।प्रचण्डले शनिबार कोप-२८ सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको...

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक शुक्रबार, मंसिर १५, २०८० निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ १३ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । त्यस्तै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक...

राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त बिहीबार, मंसिर १४, २०८० नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।

एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु बिहीबार, मंसिर १४, २०८० नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सङ्कल्प यात्रा सुरु भएको छ । अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झन्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन् । पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय...