News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको स्पष्टोक्ति- ३१ यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एअरलाइन्सको जहाजबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए । 

आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यसबारे दुबई पुगेपछि मात्र थाहा पाएको बताए । उनले भने, ‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थेँ ।’ 

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उनले बताए ।

‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझेँ । उहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन्,’ प्रचण्डले भने, ‘मैले साथीहरूलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:३६
Weather Update