प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने

काठमाडौं— जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार साँझ स्वदेश फर्किने भएका छन् ।
प्रचण्डले शनिबार कोप-२८ सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड आज साँझ साढे ६ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ । बुधबार राति प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन यूएई गएको थियो ।
।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८० १०:०२