News Griha :: न्यूजगृह
कोप–२८ मा प्रधानमन्त्री दाहालले भने- नेपाल अन्यायमा परेको छ

काठमाडौं —  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् ।

यूएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै नेपालको भनाइ राखेका हुन् ।

उनले पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको भन्दै यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको बताए ।

उनले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने संकट आइसकेको छ ।’ 

सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्नेमा उनले जोड दिए ।

सबै मिलेर मात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिने भनाइ उनले राखे । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १९:२६
Weather Update