दुबईमा कोप–२८ को उद्घाटन आज, नेपालबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागि
![दुबईमा कोप–२८ को उद्घाटन आज, नेपालबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागि](https://newsgriha.com/uploads/posts/prachanda-dubai-visit-airpot-1-1701298656.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप–२८ मा सहभागी हुन दुबई पुगेका छन् ।
बुधबार राति प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई गएको हो ।
।
कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । यूएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ ।
यस वर्षको आयोजक राष्ट्रका रूपमा यूएईले अध्यक्षता गर्दै छ ।
जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० ०४:४३