News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बुधबार दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ ।

महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरि मिति तय गरिएको छ । विधान अनुसार महाधिवेशन नभएको वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

४८ बाट बढाएर ७० विभाग पुर्‍याइएको छ । सभापतिमा निर्वाचित भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भएपनि हालसम्म १७ विभागका प्रमुख तोकिएको छ । प्रचार विभागमा सदस्यहरू थपिएपनि पूर्णता पाउन सकेको छैन ।

अन्य १६ विभागमा प्रमुख मात्रै छन् । हरेक विभागमा बढीमा ५१ सदस्यीय हुने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:२६
Weather Update