News Griha :: न्यूजगृह
दिवंगत एमाले नेता भरतमोहन अधिकारीकी छोरी रास्वपाको कोषाध्यक्ष

काठमाडौं— पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् ।

महोत्तरीमा बुधबार सम्पन्न पार्टीको बैठकले एमालेका दिवंगत नेता अधिकारीकी छोरी लीमालाई कोषाध्यक्ष बनाएको हो । गत वर्ष फागुनमा रास्वपा प्रवेश गरेकी लीमा यसअघि रास्वपाको केन्द्रीय सदस्य थिइन् ।

२२ वर्ष एमालेको संगठित सदस्य रहेकी उनी एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीमा लागेर थिइन् । समाजवादी पार्टीको केन्द्रीय परिषद सदस्य पनि बनिन् ।

गत प्रतिनिधि सभा चुनावमा समानुपातिकको बन्दसूचीमा समाजवादीले उनको नाम पनि राखेको थियो । तर, थ्रेसहोल्ड कटाउन नसक्दा उसले समानुपातिकतर्फका सिट पाउन सकेन ।

लोकप्रिय अर्थमन्त्री बनेर पिता भरतमोहनले देखाएको बाटोमा उनकी माइली छोरी लीमा लागेकी छिन् । तर, फरक पार्टीको कोषाध्यक्ष बनेर ।  

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २०:०६
Weather Update