News Griha :: न्यूजगृह
केपी ओलीलाई ९ वर्षीय बालकको चिठी : रोजगारीका लागि विदेश जानु नपरोस् 

काठमाडौं— नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुर्खेतका एक ९ वर्षीय बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन सुझाव दिएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् । अध्यक्ष ओलीले ती बालकले आफूलाई दिएको चिठी फेसबुकमा राख्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताएका छन् ।    

 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:३३
Weather Update