News Griha :: न्यूजगृह
स्थलगत अवलोकनपछि सांसद पौडेलको निष्कर्ष- मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन सरकारको चासो देखिएन
स्थलगत अवलोकनपछि सांसद पौडेलको निष्कर्ष- मेलम्ची खानेपानी सञ्चालनमा ल्याउन सरकारको चासो देखिएन उनले सरकारले चाहेमा अस्थायी रूपमा भएपनि तत्कालै मर्मतसम्भार गरेर काठमाडौंलाई पानी खुवाउन सकिने अवस्था रहेको बताए ।शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मै पुगेर स्थलगत अवलोकन गरेपछि सांसद पौडेलले आयोजना सञ्चालनमा सरकारको कम चासो देखिएको आरोप लगाएका हुन् ।
चौथो पटक सर्‍यो कांग्रेस महासमिति बैठक
चौथो पटक सर्‍यो कांग्रेस महासमिति बैठक नेपाली कांग्रेसले महासमिति बैठक चौथो पटक पनि सारेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभामा १९ सांसदको पदावधि सकिँदै , ‘नील’ हुने अवस्थामा एमाले
राष्ट्रिय सभामा १९ सांसदको पदावधि सकिँदै , ‘नील’ हुने अवस्थामा एमाले राष्ट्रिय सभामा नेकपा एमालेका ९ सहित १९ सांसदको पदावधि आगामी फागुन २१ गते सकिँदैछ ।पदावधि सकिने एमाले सांसदको सूचीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनादेखि मनोनीत सांसद एवं पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईसम्म छन् । त्यस्तै भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राई...
महासमिति बैठक नसार्न देउवालाई दबाब
महासमिति बैठक नसार्न देउवालाई दबाब दुई साताअघि बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘यस्तो ठण्डी छ, देशभरिबाट मान्छे आउनुपर्ने हुन्छ । महासमिति बैठक पुसमा गर्न सकिदैन होला, अलि पछि गरौँ ।’ देउवाको प्रस्ताव भुँईमा नझर्दै उनी निकट पदाधिकारीहरूले महासमिति बैठक पुसमा भन्दा फागुनमा गर्नु उपयुक्त हुने थपेका थिए । तर महामन्त्री गगन ...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन मंसिर २४ देखि २९ गते (आज) सम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको थियो । 
एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार [भिडिओ]
एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार [भिडिओ] मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका- ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।
भोजपुरमा ओलीलाई कालो झण्डा देखाइयो, एक दर्जन बढी पक्राउ
भोजपुरमा ओलीलाई कालो झण्डा देखाइयो, एक दर्जन बढी पक्राउ भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । भोजपुरबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् । 
प्रधानमन्त्रीले भने– नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ
प्रधानमन्त्रीले भने– नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हवाई सेवालाई व्यवस्थित गरेर युरोपियन युनियनको कालोसूचीबाट हटाउन प्रयास गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमन र सञ्चालनको दुवै काम गर्दा हवाई सेवाको सुरक्षा तथा गुणस्तर आवश्यक मापदण्ड अनुसारको हुन नसकेको स्वीकार्दै यसमा सकेसम्म चाँडो सुधार गरिने आश्वासन पनि दिएका छन्...
संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत
संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ ।बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । गौतमले गत आइतबार राष्ट्रपति कार्यालयलाई राजीनामा बुझाएका थिए । 
पद्मप्रसाद पाण्डे संघीय संसद्को कार्यवाहक महासचिव नियुक्त
पद्मप्रसाद पाण्डे संघीय संसद्को कार्यवाहक महासचिव नियुक्त सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसद्का प्रवक्ता टेकराज गिरीले जानकारी दिए । संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।
कांग्रेस इतर समूहको बैठक आज 
कांग्रेस इतर समूहको बैठक आज  नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो । बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९ का लागि तय भएको महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ । 
विस्फोटक पदार्थका चुनौतीबारे सरकार किन उदासीन?
विस्फोटक पदार्थका चुनौतीबारे सरकार किन उदासीन? द्वन्द्वको दशक लामो कालखण्ड पार गरेर मुलुक नयाँ राजनीतिक व्यवस्थामा प्रवेश गरेकाले बारुदी सुरुङ र विस्फोटक पदार्थका चुनौतीहरूका विषयमा सरकार उदासीन बन्न नहुने सांसदहरुले बताएका छन् ।राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मंगलबार सांसद सदस्यहरूले यो विषयमा बहस गरेका हुन् ।
Weather Update