संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

काठमाडौं— संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । गौतमले गत आइतबार राष्ट्रपति कार्यालयलाई राजीनामा बुझाएका थिए ।
उनको राजीनामासँगै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभा सचिव पदमप्रसाद पाण्डेयलाई महासचिव बनाउन सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
हाललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८० १४:२९