News Griha :: न्यूजगृह
पद्मप्रसाद पाण्डे संघीय संसद्को कार्यवाहक महासचिव नियुक्त

काठमाडौं— सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसद्को कार्यवाहक महासचिव नियुक्त गरेका छन् ।

सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसद्का प्रवक्ता टेकराज गिरीले जानकारी दिए । संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसद्को महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ११:१४
Weather Update