News Griha :: न्यूजगृह
भोजपुरमा ओलीलाई कालो झण्डा देखाइयो, एक दर्जन बढी पक्राउ

काठमाडौं— भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । भोजपुरबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् । 

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालयअगाडि विरोध प्रदर्शनसमेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै धनकुटामा बन्द गर्दै हिँड्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाई धनकुटा र भोजपुरको समवर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:४३
Weather Update