News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले सार्‍यो महाधिवेशन, आगामी जेठमा हुने 

काठमाडौं— नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । मदनआश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरु हुनेछ । महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए । यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १५:१०
Weather Update