शीर्ष नेताबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं— नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको हो ।
उनीहरूबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मङ्गलबार साँझ पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच सोही विषयमा छलफलमा छलफल भएको थियो । एनसेल खरिदबिक्री शङ्कास्पद भएको भन्दै छानबिन गर्ने सहमति जुटेको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८० ०६:३४