News Griha :: न्यूजगृह
रुसी सेनामा २ सय नेपाली रहेछन्, युक्रेनी सेनामा पनि भेटिए : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा कम्तीमा पनि २ सयजना भन्दा नेपाली कार्यरत रहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले युक्रेनविरुद्ध युद्ध लडिरहेको रुसी सेनामा २ सय भन्दा धेरै नेपाली रहेको तथ्यांक पाइएको उल्लेख गरे ।  

‘रुसी सेनामा २ सयभन्दा बढी नेपाली कार्यरत छन् भन्ने आयो, तथ्यांक खोज्दैछु,’ उनले भने, ‘युक्रेनी सेनामा पनि नेपालीहरू कार्यरत रहेको पाइएको छ।’  

उनले हमास समूहको कब्जामा रहेका भनिएका विपिन जोशीलाई फिर्ता ल्याउने अन्तिम प्रयासमा सरकार रहेको पनि बताएका छन्। 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:३९
Weather Update