प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

काठमाडौं— हरिबोल गजुरेलले दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन् ।
गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको बताएका छन् । उनले आफू थप छलफलमा रहेको पनि बताए ।
तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन् । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।
गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए । तर त्यहाँ लेखनाथ दाहाललाई टिकट दिइएको थियो । त्यसपछि उनी असन्तुष्ट थिए । असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १८:०९