सबैभन्दा ठूला मिटरब्याजी बैंक हुन् : शेखर कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू मिटरब्याजी भएको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा उनले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरू भएको बताए । उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए ।’
देश आर्थिक रूपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए । सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरूले नदिने गरेको आरोप उनले लगाए ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८० ११:३१