महन्थ ठाकुरसँग राजेन्द्र महतो आक्रोशित, केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार

काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठकमा नेता राजेन्द्र महतो सहभागी नहुने भएका छन् ।
आइतबार बस्न लागको लोसपाको केन्द्रीय कार्य समितिको बैठकमा महतोले सहभागी नहुने भएका हुन् । आज बस्ने बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल हुनेछ ।
नेता महतोले पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट जनाएका छन् । आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् । महतोले न्यूजगृहसँग भने, ‘मैले बैठक बहिष्कार गरें । मलाई उहाँ (महन्थ ठाकुर)को शैली चित्त बुझेन ।’
अध्यक्ष महन्थ ठाकुरको कार्यशैली एकलौटीपूर्ण भएको आरोप लगाउँदै उनी बैठकमा नगएका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० ११:५९