माओवादी केन्द्रको पदाधिकारी बैठक आज, प्रधानमन्त्री निवासमा बस्ने

काठमाडौं— नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको छ ।
बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ । अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि कुराकानी हुने ढकालले बताए ।
माओवादीले मङ्सिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ०६:४५