सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन बुधबार

काठमाडौं— सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।
गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरूको नाम अनुमोदनका लागि बुधबार अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० १५:५५