लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौं— लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई मन्त्रीको शपथ आइतबार दिउँसो हुने भएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्री बनाएका थिए ।
प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ३ बजे हुने जानकारी दिएको छ। शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ जना पुगेको छ।
मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय आफूसँगै राखेका छन्। चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । उनले ८ महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १२:४३