News Griha :: न्यूजगृह
सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले 'विशेष घोषणा' गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा विशेष घोषणा गर्ने बताएका छन् । प्रचण्ड गत वर्षको पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

आगामी मंगलबार उनी प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा  प्रधानमन्त्री प्रचण्डले जनताका नाममा सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।

'यो सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा म जनताको नाममा सम्बोधन गर्दैछु,' शनिबार माओवादी केन्द्रले गरेको एक कार्यक्रममा उनले भने, 'सरकारले अहिलेसम्म के गर्‍यो? के भयो? के भएन? मैले नयाँ ढङ्गले जान्छु भनेको छु, त्यो नयाँ ढंगले जाने भनेको के हो भनेर म विशेष सम्बोधन गर्दैछु ।'

मन्त्रीहरूको त्रैमासिक समीक्षामा असन्तुष्टि जनाएका प्रधानमन्त्री प्रचण्डले यसअघि मन्त्रिपरिषद् बैठकमा पनि नयाँ ढंगले जाने भन्दै प्रस्तुत भएका थिए । नेताहरूका अनुसार प्रधानमन्त्री प्रचण्डले एक वर्ष पूरा भएपछि मन्त्रीहरू हेरफेर गर्न चाहेका छन् भने सरकारबाहिर रहेका अन्य दलहरूलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २२:१३
Weather Update