News Griha :: न्यूजगृह
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो । सो भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकसमेत सहभागि थिए । 

 भेटमा देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:०४
Weather Update