News Griha :: न्यूजगृह
लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ?
लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न दिएनन् ।गत साउनमा सभापति देउवाले अप्रत्याशितरुपमा पार्टीको बैठक सामाजिक सञ्जालमा लाइभ गर्ने निर्णय लिएका थिए । मङ्सिरमा बसेको बैठकमा पनि त्यसलाई निरन्तरता दिइयो । तेस्रो बैठकमा आइपुग्दा खेरि नै कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको छ ।    
प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेसले अवरोध नगर्ने
प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे कांग्रेसले अवरोध नगर्ने मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदस्य हेरफेर गर्न चाहे नेपाली कांग्रेसले अवरोध नगर्ने पार्टीका सूचना विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार भएको केन्द्रीय समिति बैठकका बारेमा जानकारी दिँदै उनले गठबन्धन सरकारको नेतृत्वले एकदलीय सरकार जसरी हठात् परिवर्तन गर्न स्वाभाविक नहुने भएकाले शीर्ष नेताहरूको सहमतिमा मन्त्री...
मतदातामाझ रविको प्रष्टिकरण– सहकारीको रकम हिनामिना गरेको छैन
मतदातामाझ रविको प्रष्टिकरण– सहकारीको रकम हिनामिना गरेको छैन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टिकरण दिएका छन् । चितवन निर्वाचन क्षेत्र २ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा उनले आफ्नो बारे भएको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको बताए ।
प्रचण्डको ३९ सदस्यीय जम्बो सचिवालय, छोरी गङ्गा बाहेकलाई हटाइँदै
प्रचण्डको ३९ सदस्यीय जम्बो सचिवालय, छोरी गङ्गा बाहेकलाई हटाइँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय हेरफेरको तयारी गरेका छन् । सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको स्रोतको दाबी छ । तर सबैभन्दा धेरै प्रश्न उठेको छोरी गङ्गा भने हट्ने छैनन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज, अधिकार प्रत्यायोजन गर्न सङ्घलाई दबाब दिने
सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज, अधिकार प्रत्यायोजन गर्न सङ्घलाई दबाब दिने सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला हुँदैछन् भने भेलाले संघीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ । यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । 
कांग्रेस केन्द्रीय समिति बैठक आज
कांग्रेस केन्द्रीय समिति बैठक आज पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रिय सभाको चुनावबारे पनि छलफल हुनेछ । त्यस्तै, बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले बताए । 
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मङ्गलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् ।
साँझ पुनः बस्ने गरी सकियो समाजवादी मोर्चाको बैठक
साँझ पुनः बस्ने गरी सकियो समाजवादी मोर्चाको बैठक बिहान ८ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 
बालुवाटारमा समाजवादी मोर्चाको बैठक
बालुवाटारमा समाजवादी मोर्चाको बैठक समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैनः प्रधानमन्त्री 
अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनेछैनः प्रधानमन्त्री  मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरू, अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन,  विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने भन्दै अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेको हुन् । 
मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको स्पष्ट संकेत
मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको स्पष्ट संकेत एक वर्षपछि मन्त्रीहरू बदल्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री दाहालले मन्त्रीहरूलाई सम्बोधनमा जोड दिँदै कार्यक्षमताको कुरा उठाएका हुन् । 'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफ्नो...
आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन  : प्रधानमन्त्री प्रचण्ड 
आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन  : प्रधानमन्त्री प्रचण्ड  सरकार गठनको एक वर्ष पुगेका अवसरमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘हामी सबै आआफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैसँग गरेको बाचा पनि...
Weather Update