News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रिय सभाको चुनावबारे पनि छलफल हुनेछ । त्यस्तै, बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:१०
Weather Update